काठमाण्डौं । पाँचौ पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्रीले सपथ खाएका छन् । योसँगै देउवा नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद गठन भएको छ।
नयाँ मन्त्रीहरुमा कांग्रेसका तर्फबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त भएका छन् भने माओवादी केन्द्रका तर्फबाट पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थ मन्त्रीमा नियुक्त भएका छन्।
प्रतिकृया