दमक। दमक रनमा आबद्ध रहि नेपालका बिभिन्न लामोदुरीका दौड प्रतियोगितामा सहभागिता जनाउँदै आएका धावक तेजेन्द्र प्रधानलाई ठक्कर दिने गाडीका चालक दमकका सहदेव भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
ठक्करबाट गंभीर घाइते भएका प्रधानको उपचारका क्रममा हिजो राती विर्तामोड स्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो । चालक भट्टराईलाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो ।
भट्टराईले चलाएको बा १६ च ३७२५ नम्बरको कारले अनियन्त्रीत भई ९ दिन अघि प्रधानलाई दमक–२ स्थित आम्दा अस्पताल सडक खण्डमा ठक्कर दिएको थियो । भट्टराई नेविसंघ झापा जिल्ला उपसभापति हुन् ।
सो गाडी भने धर्मराज ढुंगानाको नाममा रहेको दमक प्रहरीले जनाएको छ । ढुंगाना नेविसंघ झापाका सदस्य हुन् । कार चालक भट्टराई दमक कांग्रेसका नेता शेरबहादुर भट्टराईका छोरा हुन् ।
प्रतिकृया