दमक। झापामा आज थप एक सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै दमक नगरपालिकाका छन् । आज दमकका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दमकका वडा नम्बर १ देखी १० सम्मकै गरी ३२ महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै विर्तामोडका ७ महिला र १५ पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ ।
शिवसताक्षी नगरपालिकामा ८ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको छ भने अर्जुनधारामा ३ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कमलमा ३ महिला एक पुरुष, बुुद्धशान्ति र कन्काईमा दुई महिला दुई पुरुष, हल्दिबारीमा एक महिला ३ पुरुष, मेचीनगरमा २ महिला एक पुरुष, बाह्रदशीमा एक महिला एक पुरुष, कचनकबल र झापा गाउँपालिकामा एक.एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिकृया