सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। हिन्दु धर्मावलम्बिहरुले आज घर घरमा तुलसीको विरुवा रोपेर हरिशयनी एकादशी मनाउँदै छन् । आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत बस्नुको साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चतुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई देवशयनी तथा कार्तिकशुक्ल एकादशीलाई प्रबोधिनी एकादशी भनिन्छ ।
प्रतिकृया