सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाडौं । राजावादीहरुले संघीयताको खारेजीको कुरा गरिरहेका बेला नेताहरुले पनि संघीयता गलत भएको बताउन थालेका छन् । दश बर्षे सशस्त्र युद्ध गरेका विप्लवदेखि रविन्द्र मिश्र सम्मका नेताले संघीयताको बारेमा जनमत संग्रहको कुरा उठाइ रहेको बेला नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि संघीयता गलत भएको धारणा सार्बजनिक गरेका छन् । उनले जनताको आमुल परिर्वतनको स्वप्नशील तागतभित्र संघीयताको एजेण्डा खुसुक्क घुसाइएको टिप्पणी समेत गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका बास्कोटाले मंगलबार ट्वीट गर्दै आुमल परिवर्तनको समयमा संघीयताको एजेण्डा घुसाइएको टिप्पणी गरेका हुन् । कुनै पनि मुलुक संघीयतामा किन गएको भन्ने आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी कुनै विश्लेषण विना नेपालमा संघीयता ल्याइएको बास्कोटाको तर्क छ ।
नेपालमा संघीयता आउँदा विदेशीलाई धेरै उपलब्धी हासिल भएको तर्क समेत उनले गरेका छन् । बास्कोटाले लेखेका छन्–‘‘नेपालमा भन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौं ।’’ उनले धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्न आवश्यक रहेको समेत बताएका छन् । उनको यो तर्कले नेपालमा संघीयता विदेशीको डिजाइनमा ल्याइएको भन्नेहरुलाई थप बल मिलेको छ ।
प्रतिकृया