मदन राजवंशी, गौरीगञ्ज । कन्काईको भगालोले चारै तिरबाट घेरिएर सम्पर्क विहिन भएको गौरीगञ्ज-१ को होकलबाडी गाउँका ९० परिवारलाई राहत वितरण गरिएको छ ।
वडा समितिको समन्वयमा वडा नम्बर-१ का वडाध्यक्ष कार्तिक लाल राजवँशी लगायत जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरु बिहिबार दिउँसो राहत सामग्री लिएर होकलबाडी पुगेका हुन् ।
बिहिबार दिउँसो राहत सामग्री बोकेर होकलबाडी पुगेको टोलिले कन्काईको बाढिका कारण होकलबाडीमा क्षति बेहोरेका ९० परिवारलाई चिउरा तेल नुन चाउचाउ सहितको खाद्य सामग्री बितरण गरेको छ ।
वडा कार्यालय ले होकलबाडीमा महाभारा स्वास्थ्य चौकी का स्वास्थ्यकर्मीहरुको टोलि परिचालन गरी स्वास्थ्य सेवा समेत प्रदान गरेको छ । सो स्वास्थ्य टोली बाट होकलबाडीका ९४ जनाले औषधी सहितको सेवा लिएका छन् ।
सोमबार देखिको अबिरल वर्षाका कारण सो गाउँ जाने बाटो र पुल भत्किएर कन्काई नदिले चारै तिर बाट घेरेपछी सो गाउँ सम्पर्क विहिन भएको थियो ।
प्रतिकृया