गौरादह। नेपाली कांग्रेसको झापा क्षेत्र नम्बर ५ को सभापतिमा युवा नेता ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी हुनुभएको छ।
भण्डारी एक सय ८४ मत अन्तरले विजयी हुनुभएको हो। उहाँले ४ सय ४७ मत प्राप्त गर्नु भयो भने निकटतम प्रतिद्वन्द्वी रोशन कुमार गौतमले २ सय ६३ मत प्राप्त गर्नु भयो।
त्यस्तै सचिवमा धर्मानन्द भट्टराई ४ सय एक र मुकुन्द उप्रेती ३ सय ७२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने सह-सचिवमा गोपाल राज दाहाल ३ सय ५७ मत र डिल्ली प्रसाद चापागाई ३ सय ८३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। निर्वाचनमा ७ सय ४४ मत मध्ये ७ सय २७ मत खसेको थियो।
प्रतिकृया