धनुषा। लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । शनिबार धनुषाकाे विदेह नगरपालिका स्थित तीनकौरिया चाेकमा आयाेजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएकाे हाे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अरगरियालाई पार्टीमा स्वागत गर्नुभयाे । अगरिया प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक पनि हुनुहुन्थ्याे ।
अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुहुन्थ्याे ।
प्रतिकृया