काठमाडौं। देशभर तामाङ समुदायको आज सोनाम ल्होछार पर्व मनाउँदै छन्। ल्होछारको अवसरमा काठमाडौं लगायत तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ।
आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन्।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ।आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ।
प्रतिकृया