दमक। ईलामका साहित्यकार तथा निबन्धकार प्रकाश थाम्सुहाङकाे निबन्ध सङ्ग्रह  ” शब्द थुम ” एक समाराेहका विच लाेकार्पण भएकाे छ ।
साहित्यकार तथा समालाेचक कृष्ण बरालकाे प्रमुख आतिथ्यमा भएका उक्त कार्यक्रममा साहित्यकारहरु प्रकाश बुढाथाेकी, मिश्र बैजयन्ती र दिपक सापकाेटाले बिमाचित कृति माथि समिक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा प्रज्ञासभा सदस्यहरु सुमित्रा वाङ्देल चेली र मुनाराज शेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा साहित्यकारहुरु बिष्णु न्याैपाने, बिन्दु दहाल मुकदर्शक, बिबश बलिभद्र काईराला,ओमप्रसाद खनाल, धनश्याम पथिक, नरपति पाण्डे, सबिता गाैतम, याम थुलुङ, महेन्द्र बिरही, अभागी ठेगुवा, यज्ञ परिश्रमी, अम्बिका प्रसाद सापकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम रुवाई मञ्च नेपालका अध्यक्ष राजकुमार सुब्बाकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण अशाेक बस्नेत र गगन याेक्पाङदेन ले गरेका थिए ।
                                    
                                    
                                    
                                    
                                    
                                    
प्रतिकृया