दाङ। शुक्रबार राति भालुवाङमा भएको बस दुर्घटनामा परी वरिष्ठ कवि, समालोचक एवं चिन्तक डा। ताराकान्त पाण्डेको निधन भएको छ।
बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गएराति १०ः३० बजे भालुवाङनिर राप्ती नदीमा खस्दा अन्य ११ यात्रुसँगै पाण्डेको पनि मृत्यु भएको हो।
दुर्घटनामा काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय पाण्डे, मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतसहित १२ जनाको मृत्यु भएको हो। दुई मृतकको पहिचान खुल्न बाँकी छ।
                                    
                                    
                                    
                                    
                                    
                                    
प्रतिकृया