दमक। नवाैं राष्ट्रिय याेग दिवश दमकमा एक कार्यक्रमका बिच  सम्पन्न भएकाे छ । पातञ्जल याेग समिति दमककाे आयाेजनामा भएकाे उक्त कार्यक्रम ” गराै याेग रहाैं निराेग ” भन्ने नाराका साथ  पातञ्जल याेग समिति दमक ,जीवन बिज्ञान दमक र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल ले संयुक्त रुपमा याेग दिवश मनाएका छन ।
कार्यक्रममा जीवन बिज्ञानका काेसी प्रदेश सल्लाहाकार लक्ष्मण न्याैपाने ले याेगकाे महत्वकाे बारेका प्रकाश पारेका थिए भने दमक नगर पालिका वडा न ६ का वडा अध्यक्ष टेक बहादुर थापाले याेग दिवसकाे शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा पातञ्जल याेग समितिबाट केन्द्रिय सदस्य हेमन्ती देवी गजुरेल , प्रदेश सचिब लाेकनाथ गजुरेल ,प्रदेश सदस्य साेमनाथ खनाल,जिल्ला सदस्य मिना खनाल लगायतकाे उपस्थिति रहेकाे थियाे भने  जीवन बिज्ञानकाे तर्फबाट जीवन बिज्ञानका प्रशिक्षकहरु पुष्पा न्याैपाने, पुर्णप्रकास निराैला,श्रीप्रसाद राई, जानुका राई, लगायत सदस्यहरु ओमप्रसाद खनाल, लाल बहादुर सापकाेटा,हेमकुमारी काईराला , कृष्ण थापा, तुलसा खनाल,युवकला सापकाेटा  र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान बाट केन्दिय अध्यक्ष र सचिब क्रमस दुर्गा प्रसाद पाैडेल र जीबराज भट्टराई  लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा पतञ्जली याेग समितिका साधकहरुकाे समेत उपस्थिति रहेकाे थियाे । आयाेजककाे तर्फबाट लिला वन भारतीले स्वागत गरेकाे उक्त कार्यक्रम पातञ्जल याेग समिति दमकका अध्यक्ष अम्मर बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे भने  कार्यक्रमकाे सञ्चालन नगर सचिव ताराप्रसाद गाैतमले गरेका थिए ।
                                    
                                    
                                    
                                    
                                    
                                    
प्रतिकृया