दमक। साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमककाे सयुक्त आयाेजनामा दमकमा ११६ ओै लक्ष्मी प्रसाद देवकोटा जयन्ती मनाईएकाे छ ।

दमक नगरपालिका वडा नं. ६ देवकाेटा चाेकमा रहेकाे महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे शालिकमा माल्यार्पण गरेर शुरु भएकाे उक्त कार्यक्रममा स्रष्टाहरुले देवकाेटा सम्बन्धि रचनाहरु वाचन गरेका थिए ।रचना वाचन गर्ने स्रष्टाहरुमा बिन्दु दहाल मुकदर्शक,ओमप्रसाद खनाल, मेघनाथ बन्धु, यादवप्रसाद अधिकारी झाक्रिखाेले ,विवेक दुलाल क्षेत्री, अम्विका सापकाेटा रहेका थिए ।

दमक नगरपालिका वडा नं. ६ का कार्यबाहक अध्यक्ष कमल श्रेष्ठकाे प्रमुख आतिथ्यमा रहेकाे उक्त कार्यक्रममा  प्रज्ञा प्रतिष्ठानकि प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , दमक प्रज्ञा प्रतिष्ठानका पुर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका  पुर्व अध्यक्ष खेमलाल पाेख्रेलकाे बिशिष्ठ आतिध्यता रहेका थियाे ।

कार्यक्रममा स्रष्टाहरु डा. लेखनाथ न्याैपाने, दुर्गाकाफ्ले , बिरेन्द्र खडका,गाेपाल दहाल, प्रकाश भण्डारी, रधुनाथ भण्डारी, लता मिश्र ,ईन्दिरा भण्डारी, रामकुमार उपाध्याय, भुपेन्द्र तिम्सिना, हिमाल सुब्बा,गणेश गाैतम, नारायण कृष्ण भण्डारी, नेत्र दहाल ,भक्ता देवी दहाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन सहित्य कला सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
                                    
                                    
                                    
                                    
                                    
                                    
प्रतिकृया