फिदिम। पाँचथरको हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उहाँले बताउनुभयो।
पहाडी क्षेत्रमा पानी परेसँगै हेवा खोलाले ठूलो क्षति गर्ने गरेको छ। हेवा खोलाले बगाएको बेली ब्रिज अहिलेसम्म बन्न सकेको छैन।
जसकारण डाइभर्सनबाट यातायात सुचारो हुँदै आएको थियो। तर अहिले हेवा खोलामा बाढी आएसँगै डाइभर्सन भत्काएको छ। जसका कारण यातायात ठप्प भएको छ।
प्रतिकृया