दमक। साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रमको ६१ ओै श्रृङ्खला शुक्रवार एक कर्यक्रमका बिच सम्पन्न गरेको छ ।
कवि तथा साहित्यकार प्रा डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्थतामा भएको उक्त कार्यक्रममा प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल, प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिना लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा दर्जन भन्दा बडी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचन गर्नेहरुमा साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक, उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले, चन्दा गड्तौला, दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सहसचिव मेघनाथ बन्धु, सदस्यहरु बिबेक दुलाल क्षेत्री, गोपाल दहाल लगायत स्रष्टाहरु किशोर खनाल,खड्ग बहादुर खड्का, शान्तप्रसाद भट्टराई, गीता कुवर रहेका छन ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव विरेन्द्र खड्काले गर्नु भएको थियो ।
प्रतिकृया