काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा दुई तिहाईको बहुमत भएको सरकारको प्रधानमन्त्रीले पटक–पटक संसद विघटन गरेको पहिलो पटक भएको बताउनु भएको छ ।
उहाँले शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री भएपछिको प्रतिनिधिसभाको दोश्रो बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले आँफूहरु केपी ओलीको अहंकार र दम्भले पिल्सिएको पछि बताउनु भयो ।
प्रचण्डले ओलीको छलकपट र जालीझेलीको आँफू पनि साँक्षी रहेको बताउनु भयो । उहाँले पार्टी भित्र बिबाद हुँदा संसद विघटन गर्न पाईन्छ भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले अदालतले संविधानको मर्म र भावना अनुरुप संविधानको संरक्षण गरेको दावी समेत गर्नु भयो ।
प्रचण्डले देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै ७६ को ५ को व्याख्या गर्दै अकालमा मर्नबाट संविधान बचाएको उल्लेख गर्नुभयो । सो क्रममा प्रचण्डले आँफूहरुलाई युद्ध जितेर आएको हो र ? भनि प्रश्न नगर्न एमाले नेता प्रदिप ज्ञवालीलाई आग्रह समेत गर्नुभयो ।
प्रतिकृया