दमक। राष्ट्रघाती एमसीसी सम्झौता पारित गरिए शेरबहादुर देउवा, केपी ओली, प्रचण्डहरुलाई रत्नपार्कमा झुण्ड्याएर जनताले फाँसी दिने विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला इन्चार्ज सुमन लिम्बुले बताउनु भएको छ ।
महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइनको डोरी काटि दार्चुलाका जय सिँह धामीलाई हत्या गरेको विरोधमा झापाको दमकमा आयोजना गरेको विरोध प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै इन्चार्ज लिम्बुले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नु भयो, हामीलाई प्रतिबन्ध लगाउने बेलामा प्रचण्डले भने विप्लबले नेतृत्व गरेको पार्टीले हामीलाई मार्ने योजना बनाएको छ । तर हाम्रो राजनीति व्यक्ति हत्या होईन् । व्यक्ति हत्या गरेर यो देश स्वाधिन र स्वतन्त्र हुन सक्दैन् । बैज्ञानिक समाजवाद लागू हुन सक्दैन् । हामीले मार्नु पर्दैन, हामीले हत्या गर्नु पर्दैन, एमसीसी पारित गरे नेपाली जनताले झुण्डाएर मार्नेछन् ।
निक्कै आक्रामक रुपमा प्रस्तुत हुनुभएका लिम्बुले प्रचण्डहरु भारतीय दलाल भएको भन्दै बर्तमान राजनीतिक व्यवस्थाको औचित्य सकिएको बताउनु भयो । उहाँले दलाल संसदीय व्यवस्थाको औचित्य सकिइसकेको भन्दै केहि थान दलालहरुको समुह बनाएर चुनावबाट दलाल छान्ने होईन व्यवस्था छान्ने चुनाव गर्नु पर्ने उल्लेख गर्नुभयो ।
इन्चार्ज लिम्बुले नेपालका राजनीतिक दलहरुको औचित्य समाप्त भइसकेको धारणा समेत राख्नु भयो । नेपालको प्रधानमन्त्री बनाउँन अदालतले फैशला गर्नुपर्छ । अदालतले बनाउनु पर्छ, पार्टी फुटाउन, पार्टी जुटाउन विदेशीले जुटाइदिनु पर्छ । सरकार बनाउन विदेशीले बनाउनु पर्छ । यो जुन अस्था श्रृजना भएको छ ।
यसले नेपालमा केपी ओलीको युगको समाप्त भएको छ, देउवाको युगको समाप्त भएको छ, प्रचण्डको युगको समाप्त भएको छ । इन्चार्ज लिम्बुले सुकुम्बासीहरुको घरमा डोजर लगाएको भन्दै अहिलेलाई बम हान्ने काम स्थगित गरिएको छ भन्दै डोजर लगाउँनेको घरमा झम्पल लगाएर भत्काइदिने चेतावनी दिनुभयो ।
साथै परिस्थिति आए समय आए बम हानेर उडाइदिने चेतावनी समेत दिनुभयो । उहाँले सत्ता जोगाउन दमकमा उफ्रिने युवासंघ, तथा माओवादी केन्द्रका वाइसियल स्याल भएर कता बसेका छन भन्दै प्रतिप्रश्न समेत गर्नुभयो । त्यस्तै इन्चार्ज लिम्बुले जय सिँह धामीको मृत्युको विषयमा भारत सरकारले माफी माग्नु पर्ने धारणा समेत राख्नु भयो ।
कोणसभाअघि सोपार्टीले बसपार्कबाट निकालेको र्यालीले पशुहाट लाइन, दमक चौक, पश्चिम बस स्टेशन बरपीपल चैक सम्म परिक्रमा गरेको थियो । कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा इलामा इन्चार्ज सुमनसिंह लगायत नेता कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
प्रतिकृया