सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका-१७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् ।
आज बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश-१ -०२-०४० प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह घाइते भएका छन्। उनको घोपा क्याम्प धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मिरा देवीको उपचारको क्रममा दिउँसो ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सम्लग्न तिनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका छन् ।
प्रतिकृया