ओखलढुंगा । ओखलढुङ्गाको सिद्धचरण नगरपालिका-५ चित्रे स्थित बाटोमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थानको बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भएका थिए। शेर्पाको सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ ।
प्रतिकृया