काठमाडौं । नेपाली राजनीतिमा विदेशी प्रयोग अझैं पनि जिबितै रहेको देखिएको छ । गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि मुलुकको विरुद्ध आवाज उठाउने र बिभाजन गर्ने कदम रोकिनु त कहाँ हो कहाँ झन बढ्दै गएको छ। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएबाट पनि यो प्रष्ट भएको छ ।
उनले शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई आह्वान समेत गरे ।
यसबाट गणतन्त्र पछि मुलुक झन खतरा तर्फ उन्मुख भएको देखिन्छ। यसतर्फ बेलैमा सचेत नभए मुलुकमा विदेशीको डिजाइनमा विखण्डनको लागि युद्ध हुने निश्चित छ।
प्रतिकृया