सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
झापा। झापाको बिर्तामोड नगरपालिका-९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका-६ घर भई हाल बिर्तामोड नगरापालिका-८ मा DDR फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् ।
हिजो बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भईरहेको छ ।
प्रतिकृया