सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
विराटनगर। प्रदेश १ सरकारले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले यस्तो उल्लेख गर्नु भएको हो ।
उहाँले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गर्नुभएको हो । स्वास्थ्य क्षेत्रको सुधारका लागि उक्त रकम विनियोजन गरिएको उहाँको भनाइ छ ।
त्यस्तै सरकारले मेची अस्पताललाई दुई सय शैया, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय शैया र कोशी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।
प्रतिकृया