धरमपुर। भ्रष्टाचार, अनियमितता, बेथिति लगायतका विषयमा ध्यानाकर्षण गराउँदै नेकपा माओवादी केन्द्रले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षलाई १२ बुँदे माग पत्र बुझाएको छ ।
पार्टीका वडा अध्यक्ष नेत्र नेम्वाङ नेतृत्वको टोलीले वडा अध्यक्ष सुभाष राईलाई सो माग पत्र बुझाएको हो। सो क्रममा पार्टीका वडा सचिव पूर्ण लकान्द्री, नगर कमिटीका कार्यालय सदस्य प्रेम याम्फु राई, वाइसिएल नगर कमिटीका सचिव भुवन सेन्दाङ, पार्टीको ज्येष्ठ नागरिक कम्युनिष्ट मन्चका संयोजक राम कार्की, दलित मुक्ति मोर्चाको वडा संयोजक लाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो। पत्र बुझ्दै वडा अध्यक्ष राईले आँफुले नगर बैठकमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिकृया