दमक। झापाको दमकमा आजदेखि ५५ बर्ष माथिका उमेर समुहकालाई भेरोसेलको खोप लगाइदै छ । पहिलो डोज खोप लगाएकालाई आजदेखि १३ गतेसम्म ३ दिन भिन्न भिन्न खोप केन्द्रमा खोप लगाइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
गत असारमा पहिलो डोज खोप लगाएकाहरुलाई यो खोप लगाउन लागिएको हो। आज दमक-१,२ र ३ मा खोप लगाउने तालिका रहेको छ ।
दमक-१ को दुर्गा मन्दिरमा र २ को शिव मन्दिर र वडा नम्बर-३ को नगर स्वास्थ्य केन्द्रमा लगाइने कार्यक्रम रहेको छ। खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाइनेछ।
दमकमा तोकिएको उमेर समुहकालाई भन्दा फरक उमेर समुहकालाई खोप लगाइएको भन्दै विरोध हुँदै आएको छ।
प्रतिकृया