इलाम। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन इलामका संयोजक तथा पार्टीका इलाम नगर सेक्रेटरी मदन गजमेर बिद्रोहीले एमसीसी पास गराइए आफ्नो पार्टीले गद्धारी गर्ने रास्ट्रघातिहरुको नामोनिसान मेटाइदिने चेतावनी दिनुभएको छ ।
भारतीय पक्षको नेपाल माथिको अतिक्रमण उत्कर्समा पुगेको हुनाले आंफुहरु यसका विरुद्ध जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउदै उहाँले यस्तो चेतावनी दिनुभएको हो। उहाँले नेपालका लेण्डुपहरुले रास्ट्रघात गर्दै बैदेशिक हस्तक्षेप र अतिक्रमणको मतियारी गरिरहेको हुनाले यस्ता दलालहरुलाइ युवाहरुले ठेगान लगाउने चेतावनी समेत दिनुभयो ।
युवा संगठन नेपाल र अखिल क्रान्तिकारिले आज इलामको मुख्य चोकबजारमा गरेको विरोध प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै सेक्रेटरी विद्रोहीले यस्तो बताउनुभएको हो ।
सोहिक्रममा अखिल क्रान्तिकारी इलाम जिल्ला संयोजक बिनोद मगरले आँफुहरु राष्ट्रिय स्वाधिनता रक्षा र जनताको हितको निम्ति बलिदान गर्न तयार रहेको बताउनुभयो।
नेपालको सिमा क्षेत्र भित्र भारतीय पक्षको हेलिकप्टर हवाइगस्ती, भारतीय बिदेश मन्त्रालयका सचिवको नेपाल प्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामी हत्या काण्डको बिरोधमा युवा संगठन इलामले प्रदर्शन गरेको हो ।
प्रतिकृया