सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेसको पार्टी सभापतिका लागि ५ जनाले उम्मेदवारी घोषणा गर्नुभएको छ । नव निर्वाचित वडा सभापति र क्षेत्रिय प्रतिनिधिलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै ५ जनाले उम्मेद्वारी घोषणा गर्नु भएको हो।
यसरी उमेद्वारी घोषणा गर्नेहरुमा सभापति खगेन्द्र भण्डारी, राजकुमार न्यौपानेले, प्रमोद दाहाल, केदार कट्वाल र बुद्धि न्यौपाने हुनुहुन्छ । यद्यपि सबैले एकै मञ्चबाट उमेद्वारी घोषणा गर्दै एकताको लागि पहल गर्ने पनि बताउनु भएको छ।
उमेद्वारी घोषणा गर्नु भएका सबैले आफ्नो उमेद्वारी किन र केका लागि भनि प्रतिनिधि समक्ष प्रष्ट्याउनु भएको थियो। दुई दिन पछि हुने निर्वाचिनका लागि ५ जनाले उम्मेद्वारी घोषणा गरेसँगै कमलमा पार्टी सभापतिका उमेद्वार मिलाउन नेतृत्वलाई हम्मेहम्मे पर्ने देखिएको छ ।
यसले आगामी निर्वाचनमा पार्टीलाई गुट र उपगुटबाट मुक्त गर्दै बिजय यात्रा तय गर्न मुस्किल हुने निश्चित छ। तसर्थ कंग्रेस नेतृत्वले बेलैमा ध्यान दिन जरुरी छ।
प्रतिकृया