सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
वी.पी. कोईराला, सप्तरी। मेमोरी किङ्ग अर्पण शर्माका विरुद्ध सामाजिक सञ्जालमा अनावश्यक कमेन्ट मेसेज लेख्ने उदयपुरका सजन दनुवारले अर्पण शर्मा समक्ष माफी मागेका छन् ।
उनले सामाजिक सञ्जालमा शर्माका बारेमा आफुले अनावश्यक कुराहरु लेखेर गल्ती गरेको महसुस गर्दै अब देखि त्यस्तो गल्ती नगर्ने प्रतिबद्दताका साथ माफी मागेका छन्। सजन दनुवारले आफुले गरेको गल्ती स्विकार गरी अब त्यस्तो कहिल्यै नगर्ने बताए पछी अर्पण शर्माले माफी दिएका छन् ।
उदयपुर कटारी स्थायी ठेगाना भई हाल बुढानिलकण्ठ काठमाडौँमा बस्दै आएका सजनले अर्पण शर्माका बारेमा बिगत केही महिना देखि फेसबुकमा धेरै नामका फेक आईडी बनाई विभिन्न अनावश्यक सामाग्रीहरु पोष्ट गर्दै आईरहेका थिए ।
पटक पटक दनुवारले यस्तो गरेकाले अर्पण शर्मा साईबर क्राइमको कानुनी प्रक्रृयामा जाने तयारीमा थिए । तर पछिल्लो समय सजनले गल्ती नदोहोर्याउने शर्तमा लिखित रुपमै माफी मागेपछी शर्मा रोकिएका हुन्। नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो केही वर्ष यता साईबर क्राइमका घटना बढ्दै गईरहेको पाइएको छ ।
प्रतिकृया