दमक। कोरोना भाइरस कोभिड १९ को दोश्रो भेरियन्ट संक्रमणबाट झापाको दमक नगरपालिकाका थप दुइ जनाको मृत्यु भएको छ । योसँगै दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट दमकमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
पछिल्लो पटक दमक–३ का ६३ बर्षीय पुरुष र दमक–५ की ७२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६३ बर्षीय पुरुषको दमक स्थित एडभान्स अस्पतालमा उपचारको क्रममा र ७२ वर्षीया महिलाको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापाको आजको सम्पूर्ण विवरण ।
प्रतिकृया