सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
सोलु। सोलुखुम्बुमा ढिस्कोले लागेर एक जनाको मृत्यु भएको छ। लिखुपिके- ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुलाई ढिस्को झरेर लाग्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा खोटाङका २८ बर्षीय रामकृष्ण राई रहेको प्रहरीले जनाएको छ। घाईते हुनेहरुमा दोलखाको जिरी-२ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ-८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् ।
आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा अन्दाजी ४०० मिटर ढिस्को झर्दा सो ढिस्कोले लागेर रामकृष्णको घटनास्थलमै मृत्यु भएको थियो भने जगत र प्रविन्द्र घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट KMC हस्पिटल काठमाण्डौ लगिएको छ ।
घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटि गई थप अनुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया