सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। सामाजिक कार्यमा सक्रिय रहेको पहिलो पाइला दमकले पुकार अपाङ्ग असक्त समाज कनकाईलाई खाध्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ।
संस्थाका द्वितीय उपाध्यक्ष सुरेश बरालको जन्मदिनको अवसरमा संस्थाले कनकाई नगरपालिका-४ मा रहेको सो असक्त समाजको संचालक निर्मला ओझालाई ति सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभएको।
जन्मदिनमा अन्यत्र फजुल खर्च गर्नु भन्दा अपाङ्ग असक्तहरुको हेरचाह गर्दै आएको संस्थालाई सहयोग गर्न ठीक ठानेर आँफुले आफ्नो संस्थाको तर्फबाट सहयोग गरेको उपाध्यक्ष बरालले शुभदिनलाई जानकारी दिनुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष निशा घिमिरे, सचिव मेघनाथ फुयाँल, सहसचिव राजु निरौला, सल्लाहकार राजु खड्का, लगायत संस्थाका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रतिकृया