सुमन रायामाझी, उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा जारी मोहन स्मृती खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पोर्ताहा विजयी भएको छ । उसले बेल्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सिवाई स्थित श्री माध्यमिक विद्यालयमा आयोजित खेलमा पोर्ताहाका प्रविण श्रेष्ठले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। फुटबल खेलाडी समेत रहेका स्वर्गीय मोहन वस्नेतको सम्झनामा आयोजित खेलमा विभिन्न ८ वटा टिम सामेल छन । ९० मिनेटको खेल अधिक बर्षाको कारणले २०–२० मिनेटमा सम्पन्न गराईको थियो । खेलममा प्रथम हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले ३० हजार प्राप्त गर्ने छन्।
चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईले पानसमा दीप प्रज्वलन गरी उद्घाटन समारोहको सुरुवात गदै आगामीदिनमा नगरमा हुने खेलकुदमा नगरले सहयोग गर्ने बताउनु भयो । प्रतियोगिताको आयोजना सिवाई युवा क्लबले गरेको हो।
प्रतिकृया