काठमाडौं । नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेसँगै नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको हो ।
सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।
खेल शुरु भएको ९ औ मिनेटमा नै पछि परेको नेपालका लागि अन्जन विष्टले ८२ औ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए।
बराबरीसँगै ७ अंक जोड्दै नेपाल फाइनलमा पुग्दा बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।
अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ । यी दुई टोलीबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ भने भारतलाई जित्नै पर्ने दबाव छ ।
प्रतिकृया