सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाडौं । काठमाडौं उपत्यकामा पुनः थप एक साता निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप गरेको निषेधाज्ञामा अब भने, पसलहरु खोल्न पाइने भएको हो ।
यस्तै बैठकले मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन पसल, भाँडाकुडा पसल, अटो मोबाइल पसल, विद्युतीय सामग्री पसल खोल्न दिइने निर्णय गरेको छ । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश १४ असारसम्मलाई थपिएको छ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामानका पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् भने खाद्यान्न र तरकारी पसल हरेक दिन खोल्न पाइनेछ।
थपिएको निषेध आदेशमा के खुल्छ, के खुल्दैन [ सूचीसहित ]
प्रतिकृया