झिलझिले। नेकपा एमाले शिवसताक्षी नगर अध्यक्षमा रोशन थोप्रा विजयी भएका छन् । उनले प्रतिद्वन्दी सिताराम भेट्वाललाई फराकिलो अन्तरले पराजित गरे । थोप्राले ३ सय ८१ मत प्राप्त गरेका थिए भने भेटवालले एक सय ७० मत मात्र प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा कमलप्रसाद लामिछाने ३ सय ३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी घनश्याम पोख्रेलले एक सय ८ र जयनारायण अधिकारीले एक सय २२ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिव पदमा कमल नेपाल विजयी भए । उनले २ सय ८५ मत प्राप्त गरे भने उनका निकतम प्रतिद्वन्दी बुद्धिराज लक्समले २ सय ४३ मत प्राप्त गरेका थिए।
त्यसैगरी उप-सचिव खुल्ला पदमा भिमबहादुर लिवाङ विजयी भएका छन्। उनले २ सय ८९ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी भाष्कर सिटौलाले एक सय ८८ र विनोद सापकोटाले ५९ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिलातर्फ सुमित्रा अधिकारी सापकोटा विजयी भएकी छन्। उनले २ सय ७९ मत प्राप्त गरिन भने उनका निकतम प्रतिद्वन्दी जुनु नेपाली दर्जीले २ सय ५८ मत प्राप्त गरिन्।
नगर सदस्य खुल्ला तर्फ प्रदिप गोले, लोकबहादुर रोक्का, बेनुप्रसाद कार्की, गोविन्द कुमार बस्नेत, भिम बोहोरा, तुलसी बाँस्कोटा, उमानाथ पराजुली, दिपेश राई, कृष्ण पोख्रेल, लोकेन्द्र श्रेष्ठ, डामकुमार कुँवर, तिलबहादुर कटुवाल र बलिराम तामाङ्ग विजयी भएका छन् ।
प्रतिकृया