सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
सुरेन्द्र भण्डारी, विर्तामोड। झापामा प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड-५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप आयोजना गरिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुने र प्रतियोगिताका ओभरल च्याम्पेनसिपले तीन लाख रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै फष्ट र सेकेण्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए ।
खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुची जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिनुभयो ।
महिला र पुरुषका लागि छुट्टै छुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने पत्रकार सम्मेलनमा जनाकारी दिइयो ।
प्रतिकृया