सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
झापा। प्लानेट मल्टिमिडिया इन्टरनेशनल र रेडियो झापाको संयुक्त आयोजनामा स्टार आर्जे नामक प्रतियोगिता संचालन हुने भएको छ। यो स्टार आर्जेको दोस्रो संस्करण हो। यसको पहिलो संस्करण गतबर्ष सम्पन्न भएको थियो।
पछिल्लो बर्ष कोरोना महामारीको कारण लकडाउनले गर्दा ओझेलमा परेको साथै बृहत योजना हुँदाहुँदै पनि सो अनुसार प्रतियोगिता संचालन गर्न धेरै बाधाहरुका कारणले धेरैकुरा समेट्न नसकेको आयोजकको भनाई छ।
तर यस पटक भने परिस्थिति अनुकुल रहेको कारण स्टार आर्जेको दोस्रो संस्करण बृहत र उच्चस्तरका साथमा सम्पन्न गर्ने तयारी भइरहेको पनि आयोजकले जनाएको छ।
रेडियो टिभी तथा मिडिया क्षेत्रमा आफ्नो भबिष्य खोज्नेहरुको लागि यो एउटा राम्रो मंच हुनसक्छ। आयोजकका अनुसार मिडिया क्षेत्रमा आफ्नो करियर बनाउन चाहनेहरुका लागि लक्षित गरि यो प्रतियोगिता संचालन गरिएको हो।
यो प्रतियोगिता एउटा खुल्ला प्रतियोगिता भएको कारणले कुनैपनि हदबन्दि तोकिएको छैन। कुनैपनि उमेरसमूह का इच्छुक जो कोहिले पनि यसमा सहभागिता जनाउन सक्ने छन्।
यस प्रतियोगिता बारेमा जानकारी दिने क्रममा प्रतियोगिता मुलत दुई भागमा बिभाजन गरिएको आयोजकले जनाएको छ। पहिलो भागमा आबेदन दिईसकेर सहभागी सबैलाई बिभिन्न विधामा प्रशिक्षणहरु दिईनेछ।
जसमा कार्यक्रम उद्घोषण, कार्यक्रम उत्पादन, समाचार वाचन, समाचार लेखन, समाचार सम्पादन, समाचार संकलन, प्राबिधिक तालिम, बिज्ञापन उत्पादन तथा संकलन तथा बजार ब्यबस्थापन लगायत संचार माध्यमसँग सम्बन्धित अन्य बिषयमा पनि प्रशिक्षण दिईनेछ।
प्रशिक्षणपछि प्रशिक्षणबाट प्राप्त ज्ञानलाई रेडियोमार्फत प्रस्तुतगर्न पर्ने र जुन प्रतियोगीको प्रस्तुति उत्कृष्ट रहन्छ सो प्रतियोगीलाई बिजयी घोषित गरिने प्रतियोगिताको ढांचा रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा ४५ जनालाई मात्र सहभागी गराउने पनि आयोजकले जनाएको छ। यदि ४५ जनाभन्दा बढी आबेदन आएको खण्डमा भने सबै आबेदकहरु लाई अडिसनमा सहभागी गराई सम्पूर्ण आबेदकबाट ४५ जना छनौट गरि प्रशिक्षणमा समाबेस गरिने आयोजकले जनाएको छ।
सहभागिता लागि आबेदन दिने समयावधि भने यहि मङ्सिर मसान्तसम्म मात्र रहेको र सो समयभित्र इच्छुकले आबेदन दिइसक्नुपर्ने छ । तालिम पुष महिनामा शुरु हुने आयोजकले जनाएको छ।
तालिमको लागि धेरै अनुभबी व्यक्तित्वहरु रहेका छन्। जसमा लामो समयदेखि कान्तिपुर टेलिभिजनमा समाचार वाचकको रुपमा काम गरिरहनुभएका रुपेश श्रेष्ठ, पाथीभरा एफएम, रेडियो झापा हुँदै एभिन्युज टेलिभिजनमा समाचार वाचक तथा कार्यक्रम संचालक रहिसकेका पत्रकार उत्तम रिजाल, आर्जेभिजे साथै कार्यक्रम उद्घोषिका तृष्णा उपाध्याय रेग्मी, लेखक तथा कलाकार शंकर चापागाईं (धनकुटेकान्छा) लगायत अन्य अनुभवी व्यक्तिहरु रहेका छन्।
एक महिना लामो चल्ने यस प्रतियोगिताका सहभागीले पाँच भिन्न बिषयमा आफ्नो प्रस्तुति दिनपर्ने हुन्छ जसबाट आफुले सिकेका सबै विधा आफ्नो प्रस्तुतिबाट अब्बल हुन सकेको खण्डमा प्रतियोगिताको बिजेता बन्ने छन्।
प्रतियोगिताको स्वरुप अनुसार यसकार्यक्रमको बिजेताहरुले १ लाखभन्दा बढीको पुरस्कारसँगै विभिन्न अवसरहरु प्रदान गर्ने आयोजकले तयारी गरेको छ।
प्रतिकृया