दमक। मोरङको पथरी शनिश्चरे एफसी झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
रआज सम्पन्न उद्घाटन खेलमा सिन्धुलीको दुधौली स्पोर्टिङ्ग क्लबलाई टाइब्रेकरमा ५-३ ले पाखा लगाउँदै पथरी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेट सम्म दुबै टोलीले १/१ को बराबरी खेलेपछि खेल टाइब्रेकर सम्म पुगेको थियो। खेलको म्यान अफ दि म्याच पराजित टिमका जर्सी नम्बर १५ का कमल गुरुङ घोषित भए। उनले नगद ३ हजार र ट्रफी हात पारे।
आइतबार जलथल एफसी, जलथल र रोयल स्पोर्टिङ्ग क्लब, दमक आमने-सामने हुनेछन् । खेल दिउँसो २ बजे शुरु हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार हात पार्ने छ भने उप-विजेताले नगद ५१ हजार हात पार्ने छ। आठ टिमको सहभागिता रहेको सो प्रतियोगिताको आयोजना फाक्तेप फुटबल क्लबले गरेको हो।
प्रतिकृया