सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको सुरुङ्गामा आजदेखि प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिता शुरु हुँदैछ । सोको सम्पूर्ण तयारी पूरा भएको छ। करिब १३ लाख हाराहारीको लागत अनुमान गरिएको सो प्रतियोगिता समुह चरणमा लिग खेल हुने खेल व्यवस्थापक तथा सुरुङ्गा जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष राजु पाठकले बताउनुभयो ।
प्रतियोगिता अन्तर पालिका भनिएपनि तीन जना खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत सहभागी गराउन पाउने व्यवस्था छ। जसले गर्दा प्रतियोगिता उत्कृष्ट हुने अनुमान गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा उपाधि दाबेदार दमक नगरपालिका र कनकाई नगरपालिका आमनेसामने हुनेछन्। त्यस्तै दोश्रो खेलमा बेलबारी र भद्रपुर प्रतिस्पर्धा गर्ने संयोजक पाठकले बताउनुभयो।
६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय एघार तथा उपविजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको आयोजना सुरुङ्गा जेसिजले गरेको हो भने सह-आयोजक रोटरी क्लब अफ सुरुङ्गा रहेको छ। कनकाई माविको खेल मैदानमा हुनेछ।
त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक नेपाल बहुउद्देश्यीय सहकारी संस्था तथा सह-प्रायोजक नरेन्द्र मेचे छन् ।
प्रतिकृया