सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
सुनसरी। सुनसरीको भोक्राहा नरसिहं गाऊपालिका-३ खुनिया स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा बस र ट्रक ठक्कर खाई आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बस चालक झापा गोलधापका ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचिनीका २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका-९ का २७ बर्षीय शेख फिरोज रहेका छन् । घाईते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबारराती साँढे ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै खटिएको सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो ।
आगोलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो । आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती ९ बजे नियन्त्रणमा आएको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिकृया