दमक। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नरेन्द्र राज दाहालले उमेद्वारी दिने घोषणा गरेका छन्।
उनले एमालेका तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्। दाहालले युवाहरुसँग भिजन भएको र सो भिजन अनुसार काम गर्ने हो भने मुलुकको कायापलट हुने दावी गर्दै उमेद्वारी दिने घोषणा गरेका छन् ।
उनले अब सबै पार्टीका युवाहरु युवा जिताउ अभियानमा लाग्नु पर्ने पनि बताएका छन्। युवाले नजितेसम्म युवाका भावना नसमेटिने उनको भनाई छ। उनले आफुले चुनाव जित्ने दावी समेत गरेका छन्।
दाहालले आँफु युवा जोश जाँगर र भिजन अनुसार अग्रजहरूको सम्मान गर्दै वार्ड विकासमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। दाहाल हाल सो वडाका पार्टीको वडा कमिटी उपाध्यक्ष हुन् ।
प्रतिकृया