सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक।गठबन्धनले झापाको दमक नगरपालिकाको मेयर र उपमेयरको टुङ्गो लगाएको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दमक नगरपालिकाको मेयरमा गठबन्धनले राप्रपाका राम थापा र उपमेयरमा कंग्रेसकी रेगिना भट्टराईलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।
गठबन्धनले वडामा राप्रपालाई २ वटा वडा दिने निर्णय पनि गरेको छ । त्यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ४/४ वटा वडा अध्यक्षमा उम्मेद्वारी दिने सहमति भएको नेपाली कांग्रेसका नगर सचिव दिपेश दाहालले शुभदिनलाई जानकारी दिनुभयो। गठबन्धनले आज दिउँसो उमेद्वारी दिनेछ ।
प्रतिकृया