झापा। झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागूऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।
मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारगन ९९ ट्याब्लेट प्रहरीले फेला पारेको थियो । यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–८ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय बिमल भुजेल र धरान–१५ का ४१ बर्षीय आईतराज लिम्बुलाई तीन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया