सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाण्डौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरू राष्ट्रपति निवास शितल निवास पुगेका छन्।प्रधानमन्त्री देउवासँगै कांग्रेस उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन्।
उनीहरू दिउँसो शितल निवास पुगेका हुन्। राष्ट्रपतिले भेट्न बोलाएपछि प्रधानमन्त्रीसहित नेताहरू शितलनिवास पुगेका हुन् । नागरिकता विधेयकका बारेमा कुराकानी गर्न बोलाएको श्रोतको दाबी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गर्नु भएको थियो। नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ।
प्रतिकृया