सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
गौरीगञ्ग। नेकपा एमालेका नेता तथा झापा क्षेत्र नम्बर ५ क का प्रदेश सभा उमेद्वार हिक्मतकुमार कार्कीले नेपाली नै अल्पमतमा हुनेगरी नागरिकता दिन नसकिने बताउनु भएको छ । झापाको गौरीगञ्जमा आज पार्टी कार्यकर्ताहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कार्कीले यस्तो बताउनु भएको हो । उहाँले नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कुरा भने पुनः दोहोर्याउनु भयो । उहाँले भन्नुभयो, नेपालमा अंगीकृत नागरिकता लिएकाका सन्तान र जन्मसिद्ध नागरिकता लिएकाका सन्तानले नागरिकता पाउनु पर्छ भनेर नै नेकपा एमालेले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत नागरिकता विधेयक ल्याएको थियोे । तर त्यसलाई कांग्रेस लगायतको दलहरुले त्यतिबेला रोकेको बताउनुभयो । उहाँले एमालेले बैबाहिक अंगिकृत नागरिकको सबालमा भने ७ बर्षको प्रावधान राख्नु पर्ने धारणा राखेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली युवाहरु अमेरिका पनि गएका छन् भन्दै विदेशबाट विहे गरेर ल्याउने वित्तिकै अमेरिकाका नागरिकलाई गोरो छाला र खैरो कपाल भएकै आधारमा नागरिकता दिन नसकिने बताउनुभयो । नेता कार्कीले भारतमा पनि नेपाली छोरी चेली विबाह गरेर जाँदा सात बर्ष पर्खनु पर्ने प्रावधान रहेको भन्दै नेपालमा चाँहि विबाह गरेर ल्याउने वित्तिकै नागरिकता दिन नहुने एमालेको धारणा रहेको बताउनुभयो । उहाँले केहि समय नेपालमा बसोबास गरेपछि भने नागरिकता दिनुपर्ने एमालेको धारणा रहेको प्रष्ट पार्नुभयो । प्रदेश एकको पूर्व कानुन मन्त्री समेत रहनु भएका कार्कीले अबको निर्वाचनपछि एमालेको सरकार बन्ने र आँफुले केन्द्रमा केपी ओलीसँग सिधै सम्पर्क गरेर तथा प्रदेशबाट आफ्नो पहलमा पाडाजुगी गौरीगञ्ज सडक चौडा गर्ने घोषणा गर्नुभयो । त्यस्तै नेता कार्कीले केपी ओलीले घोषणा गरेको स्मार्ट सिटी पनि अबको सरकार बनेपछि गौरिगञ्जमा बन्ने उल्लेख गर्नुभयो । उहाँले शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल सबै एमालेलाई एक्लै हराउन नसकिने भइयो भन्दै गठबन्धन गरेर लागेको बताउनुभयो । नेता कार्कीले गठबन्धनको उदेश्य एमाले हराउने मात्र भएको तर एमालेको उदेश्य भने समृद्ध नेपाल शुखी नेपालीको अभियान पुरा गर्दै मुलुकलाई विदेशीहरुबाट बचाउने भएको दाबी गर्नुभयो । उहाँले केपी ओलीले लिम्पियाधुरा, लिपुलेख र कालापानी सहितको चुच्चे नक्शा छापेपछि एमालेको सरकार ढाल्न देशि विदेशी शक्ति लागेको भन्दै अबको निर्वाचन विदेशीको कम्फरटेबल सरकार बनाउने र नेपाली जनताको देशभक्त सरकार बनाउने विचको लडाई भएकोले देशको अस्तित्व बचाउन एमालेले जित हातपार्नुपर्ने दाबीसमेत गर्नुभयो ।
प्रतिकृया