काठमाण्डौं। वीर शहीद सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णयको मौलिक जरोकिलो पार्टीले स्वागत गरेको छ । आधुनिक नेपाल निर्माणका एक हस्ति एवं नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउन ७३ वर्षको उमेरमा समेत विशाल अंग्रेजी सेनासँग वीरतापूर्वक लडेर देउथल युद्धमा वीरगति प्राप्त गर्नुभएका सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु स्वागतयोग्य कदम भएको पार्टीका प्रवक्ता मित्रलाल शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र निर्माणमा योगदान पुर्याएका महान् व्यक्तिहरूको राज्यले उचित सम्मान गर्नुपर्छ भन्ने आवाज मौलिक जरोकिलो पार्टीले उठाउँदै आएको छ ।
प्रतिकृया