सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको कमल – ५ मा रहेको मंगलमय माध्यामिक विद्यालयले आफ्नो ५१ औं बार्षिक उत्सवमा ५ शिक्षकसहित ११ जनालाई सम्मान गरेको छ ।
बुधबार आयोजित बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा विद्यालयले उनीहरुलाई सम्मान गरेको हो । उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनेहरुमा साविक उच्चमाविबाट शिक्षक टेकनाथ रिजाल, निम्न माध्यामिक राहततर्फ ओम प्रकाश गौतम, प्रावि द्धितीयतर्फ अम्बिका कुमारी खड्का प्रावि राहत स्रोत व्यक्तितर्फ ओम प्रकाश संग्रौला, बाल शिक्षिकातर्फ सुनिता राई छन् ।
त्यस्तै लेखापाल मनोजकुमार न्यौपाने र केयरटेकर सर्मीला सुब्बा तामाङ्गलाई पनि विद्यालयले उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । त्यस्तै विद्यालयले भूपू विद्यार्थीहरुतर्फबाट उत्कृष्ट तीन जनालाई पनि सम्मान गरेको छ । विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रमा कार्यरत ती सम्मानित विद्यार्थीहरुमा सामाजिक विकास मन्त्रालय प्रदेश १ का कानुन अधिकृत निर्मल भट्टराई, चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत छैटौ तहका तिर्थराज खरेल र नेपाल बैंक लिमिटेडमा कार्यरत मुनिया चौधरी छन् ।
त्यस्तै कक्षा ११ मा अध्ययनरत विद्यार्थी भिम कुमारी बस्नेत बर्षको उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएकी छन् । उनीहरुलाई प्रमुख अतिथि प्रदेश एकका सांसद होम बहादुर थापा, विशिष्ट अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, विद्यालयका प्रधानाध्यापक मोहन कुमार बगाले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापा लगायतले सम्मान पत्र तथा अवार्ड प्रदान गरेका थिए । विविध सांस्कृतिक कार्यक्रमसहितको बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रअ बगालेले विद्यालयको प्रतिबेदन समेत पेश गरेका थिए ।
२०२८ सालमा राष्ट्रिय एकता दिवसको दिन स्थापना भएको सो विद्यालयमा २०५३ सालमा बहिरा तथा सुस्त श्रवण विशेष कक्षा संचाल गरिएको थियो । त्यसपछि २०५५ सालबाट निमावि शुरु गरेको विद्यालयले २०५९ मा मावि तथा २०६७ मा साविक उच्च मावि संचालन गरेको थियो । विद्यालयमा हाल १३ सय १३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको यस विद्यालयले कक्षा ६ देखि अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन गराउँदै आएको छ । बार्षिक उत्सवकै अबसरमा प्रमुख अतिथि थापाले विद्यालयको पक्कि सौचालयको समेत उद्घाटन गरेका थिए । महेन्द्र प्रसाद घिमिरेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक डम्बरु प्रसाद पोखरेलले राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाको अध्यक्षतामा भएको थियो ।
प्रतिकृया