दमक। झापाको सुरुङ्गामा सम्पन्न तेस्रो कनकाई कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ। उसले गत वर्षको पराजयको बद्ला लिदै उपाधि जितेको हो। गत वर्ष दमकसँग पराजय भोग्दै उपविजेतामा चित्त बुझाएको उसले यश वर्ष सोको बद्ला लिएको हो।
झापाले दमकमाथि सोझो सेटमा जित निकाल्दै उपाधि उचालेको हो। पहिलो सेट २६-२४ ले जितेको उसले दोस्रो सेटमा २५-२३ र तेस्रो सेटमा २५-२२ को शानदार जित हात पार्दै उपाधि कब्जा गरेको छ। जितसँगै झापाले नगद एक लाख एघार हजार हात पारेको छ। त्यस्तै उपविजेता दमकले नगद एकसट्ठी हजार प्राप्त गरेको छ। फाईनल खेलको म्यान अफ द म्याच झापाका रबिन गौतम भए। उनले नगद एक हजार हात पारे । उत्कृष्ट ब्लकर झापाकै रोहित शिवाकोटी भए भने उत्कृष्ट स्पाईकर झापाकै समिप श्रेष्ठ , उत्कृष्ट कुईकर दमकका पुकार तामाङ र उत्कृष्ट लिफ्टर दमककै राजन लिम्बू हुँदा सर्वोत्कृष्ट खेलाडीको उपाधि झापाका विष्णु बस्नेतले हात पारे । प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेश १ का उद्योग मन्त्री भक्ति प्रसाद सिटौला, विशिष्ट अतिथिहरु, अतिथहरु,सुरुङ्गा जेसिजको अध्यक्ष सुष्मा न्यौपाने लगायतले पुरस्कार प्रदान गरेका थिए । सुरुङ्गा जेसिजले आयोजना गरेको यस प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियोे ।
प्रतिकृया