महमाई। ईलामको माई नगरपालिका-७ महमाईमा जारी तेस्रो महमाई मिनि गोल्डकपमा शनिश्चरे एफसी झापा फाईनलमा प्रबेश गरेको छ। उसले उपाधि दाबेदार बरभञ्ज्याङ धुसेनीलाई २-० को स्पस्ट अन्तरमा पाखा लगाउँदै फाईनल यात्रा तय गरेको हो ।
विजयी टिमका लागि जर्सी नम्बर १८ का निमा तामाङले ९ औं मिनेटमा र जर्सी नम्बर ११ का निमा तामाङले दोस्रो हाफको १८ औं मिनेटमा गोल गरेका थिए ।
शनिश्चरेले अब उपाधिका लागि आज हुने खुदुनाबारी एफसी र एमएफसी चुलाचुलीबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको आयोजना तरुण दल माई ७ ले गरेको हो । प्रतियोगिताको khelkudtimes ले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रतिकृया