दमक। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको झापा जिल्ला माई पश्चिम कमिटी सचिव पत्रकार कोशिश शिवाकोटीले पार्टी परित्याग गरेका छन् । उनी राप्रपा प्रवेश गरेका हुन् ।
राप्रपा झापा क्षेत्र नम्बर ५ ले आज दमकको पशुपति मन्दिरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, युवा नेता तथा पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही लगायत केन्द्रीय नेताले अविर लगाएर शिवाकोटीलाई पार्टीमा स्वागत गरेका थिए। सो क्रममा उनलाई पार्टी अध्यक्ष लिङदेनले पार्टी सदस्यता समेत प्रदान गरेका थिए।
राप्रपा प्रबेश गरेपछि पत्रकार शिवाकोटीले एमालेले भन्ने र गर्ने फरक भएको तथा अन्य पार्टीका नेताहरु भ्रष्टाचारको काण्डै काण्डमा परेकाले तिनीहरुबाट मुलुकको रक्षा हुन नसक्ने देखेर राप्रपा रोजेको शुभदिनलाई प्रतिक्रिया दिए।
उनले अब हिन्दुराज्य स्थापनाका लागि आफू लागि पर्ने पनि बताए । शिवाकोटी रेडियो झापाका संचालक पनि हुन् ।
प्रतिकृया