सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर-५ का आगलागी पीडितलाई युवासंघले राहत स्वरूप आर्थिक सहयोग गरेको छ ।
युवासंघको कमल गाउँपालिका र दमक नगरपालिकाको टोलीले संयुक्तरूपमा नगद १८ हजार सहयोग प्रदान गरेको युवासंघका कोशी प्रदेश सदस्य तथा झापा क्षेत्र नम्बर-५ का ईन्चार्ज सुजन खरेलले शुभदिनलाई जानकारी दिनुभयो ।
गत असार १२ गते बिहानको राति २ बजे विद्युत सर्ट भई स्थानीय हर्कबहादुर चेम्जोङको घरबाट आगो उठेको थियो ।
आगलागीबाट पदम इवा, चन्द्र राई, अनु नेम्बाङ, नरहाङ लावती, लोकहाङ लावती, माङगेन्ना सम्बाहाम्फे लिम्बू र हर्कबहादुर चेम्जोङको घर जलेको थियोे ।
आगलागीबाट सात घर जलेर नष्ट हुँदा ५१ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
प्रतिकृया